दफा ५९
गलत डेलिभरी भएको हुलाक वस्तु वा डाँक थैलालाई आफूसाथ राखिछोडेमा सजाय
: कुनै व्यक्तिले हुलाकबाट चलान गर्दाको अवस्थामा अर्कै व्यक्तिलाई डेलिभरी गर्नुपर्ने कुनै हुलाक वस्तु वा डाँक थैलालाई जालसाजी गरी आफूसाथ राखी छोडेमा वा जानी जानी दबाएमा वा फ्याँकी दिएमा वा रोक्का गरेमा वा हुलाक अड्डाको कर्मचारीको आदेश बमोजिम फिर्ता डेलिभरी नगरेमा वा फिर्ता डेलिभरी गर्न इन्कार गरेमा निजलाई बढीमा दुई हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।